गृहपृष्ठ Featured मनीष डाँगीले जिते वर्ष युवा खेलाडी अवार्ड

मनीष डाँगीले जिते वर्ष युवा खेलाडी अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्ष युवा खेलाडी ०७८ को अवार्ड मनीष डाँगीले जितेका छन् ।

१९औँ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत मनीषले वर्ष युवा खेलाडी ०७८ को अवार्ड जितेका हुन् । यस विधामा मनीषसँगै फुटबलकी प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए । सबैलाई उछिन्दै मनीष विजेता भएका हुन् ।

पल्सर स्पोर्टस् अवार्ड विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय खेल सम्मान हो ।

सम्बन्धित् समाचार