गृहपृष्ठ Featured मनीष डाँगीले जिते वर्ष युवा खेलाडी अवार्ड

मनीष डाँगीले जिते वर्ष युवा खेलाडी अवार्ड

प्रकाशित मिति:

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्ष युवा खेलाडी ०७८ को अवार्ड मनीष डाँगीले जितेका छन् ।

१९औँ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत मनीषले वर्ष युवा खेलाडी ०७८ को अवार्ड जितेका हुन् । यस विधामा मनीषसँगै फुटबलकी प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए । सबैलाई उछिन्दै मनीष विजेता भएका हुन् ।

पल्सर स्पोर्टस् अवार्ड विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय खेल सम्मान हो ।

सम्बन्धित् समाचार