वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ४३ वटा सवारी साधानलाई कारबाही गरेको छ। मंगलबार होलीलाई मर्यादित एवं सुरक्षित बनाउन जिल्लाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा ४१ वटा दुई पांग्रे र २ वटा अटोलाई नियन्त्ररणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार ती सवारी साधानलाई होल्ड गरिएको छ । होल्ड गरिएका सवारीसाधनलाई बेलुकी ७ बजेपछि चालकले ट्राफिक नियम उल्लंघन गरेअनुसारको उल्लेखित कारवाही गरेर छाडिने प्रहरीले जानकारी दिएको छ ।
होली मनाउने बहानामा मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिमा सवारी चलाउने, सवारीचालक अनुमतिपत्र साथमा नराखी सवारी चलाउने लगायत अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन होल्ड गरिएको हो ।







