गृहपृष्ठ Featured बाँकेको कोहलपुरमा नहरमा डुबेर २ बालकको मृत्यु

बाँकेको कोहलपुरमा नहरमा डुबेर २ बालकको मृत्यु

नेपालगञ्ज ।

बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल तथा भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत थिए ।

सिमरी नदीको बन्दा नहरमा नुहाउन गएका पाँचमध्ये दुईजना डुबेको सूचना मृतकका आफन्तले प्रहरीलाई दिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित् समाचार