गृहपृष्ठ Featured बाणगंगामा भोलिदेखि चौथो मेयर कप : सम्पुर्ण तयारी पुरा

बाणगंगामा भोलिदेखि चौथो मेयर कप : सम्पुर्ण तयारी पुरा

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकामा भोलिदेखि  चौथो मेयर कप सुरु हुने भएको छ ।  बाणगंगा नगरपालिका-२ स्थित जनता मावि पिपराको खेल मैदानमा चौथो मेयर कप भोलिदेखि हुने भएको हो । प्रतियोगितका लागी आवश्यक सम्पुर्ण तयारी पुरा भएको नगर खेलकुद विकास समितिका संयोजक पदम सेनले जानकारी दिए ।

उनले यस क्षेत्रमा साम्भावनाले भरिएका खेलाडी पहिचान गर्दै प्रतिभावान खेलाडी उत्पादनमा मेयर कपले महत्वपुर्ण निर्वाह गर्ने बताए ।  संयोजक सेनले चौथो मेयर कप ऐतिहासिक सावित हुने समेत दाबी गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ६ भिड्ने उनले बताए ।

उनका अनुसार मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ ।

यस्तै मेयर कपको सेमीफाईनलमा पुग्ने टिमले नगद रु.३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

 

सम्बन्धित् समाचार