गृहपृष्ठ Featured गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु

बुटवल। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु भएको छ । कुवेतको जजिरा एयरलाइन्सले आजदेखि पुनः उडान सुरु गरेको हो ।

जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा सातामा ३ दिन उडान गर्नेछ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट भैरहवा उडान भर्दै आएको जजिराले पछिल्लो समय मौसमलाई कारण देखाउँदै आफ्ना उडान काठमाडौँ केन्द्रित गरेको थियो ।

मौसमको कारण देखाउँदै गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान–अवतरण स्थगित गरेको थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जजिराले मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । सोहीअनुसार बिहीबार उडान भरेको हो ।

विमानस्थल सञ्चालनमा आएको ७ महिनामै अन्तर्राष्ट्रिय उडान रोकिएपछि यस क्षेत्रका व्यवसायी चिन्तित भएका थिए । यसअघि खराब मौसमले भिजिबिलिटी नपुगेको भन्दै यहाँबाट उडान गर्दै आएका दुई वायुसेवा कम्पनीले सेवा नै रोकेका थिए ।

सम्बन्धित् समाचार