गृहपृष्ठ Featured रुपन्देहीको सैनामैनामा ढुंगा र बोतलले हानेर युवकको हत्या गर्ने ३ जना पक्राउ

रुपन्देहीको सैनामैनामा ढुंगा र बोतलले हानेर युवकको हत्या गर्ने ३ जना पक्राउ

बुटवल ।

ढुंगा र बोतलले हानेर युवाको हत्या गर्ने तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका- २ का शिशिर थारु, अर्घाखाँची घर भई सैनामैना- २ बस्ने ध्रुव बीसी‚ नवलपरासी बर्दघाट घर भई सैनामैना बावरी होटलमा काम गर्ने शेरबहादुर बोहोरा हुन् ।

उनीहरूले ढुंगाले हानेर मंगलबार राति करिब ३५ वर्षीय एक युवकको हत्या गरेका थिए । बुधबार बिहान सैनामैनाको बाबरी होटल नजिक मृत भेटिएका युवाको पहिचान भने खुलेको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार बुधबार दिउँसो होलीमा रङ लगाएर मुर्गियामा चलेको मेलामा नाचगान गरी रमाइलो गर्ने क्रममा उनीहरूको भेट भएको थियो ।

नाच सकिएपछि साँझ अपरिचित अवस्थामै उनीहरू साझ रेस्टुरेन्टमा गएर मदिरा खाएर मात्तिएपछि विवाद गर्दै कुटाकुट गरेका थिए । सैनामैना-२ उछडिहवामा रहेको कोसेली रेस्टुरेन्टमा मदिराले लट्ठिएका ४ युवाहरूबीच आपसमा विवाद बढ्दै जाँदा अपरिचित एकको हत्याको योजना बनेको प्रहरीले जनाएको छ ।

युवकको हत्यापछि लुकिछिपी बसेका उनीहरूलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित् समाचार