गृहपृष्ठ Featured रुपन्देहीमा लागूऔषधसहित एक महिला पक्राउ

रुपन्देहीमा लागूऔषधसहित एक महिला पक्राउ

बुटवल ।

रुपन्देहीमा प्रहरीले साढे २ किलो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका- ६ की ३६ वर्षीया लालसरा घर्ती मगर रहेका छन् ।

बुधबार साँझ ८ बजे सिद्धार्थनगर नगरपालिका १ बेलहियामा उनको शरीर खानतलासी गर्दा लागूऔषध (चरेस) जस्तो देखिने र गाँजाको जस्तो गन्ध आउने गिलो पदार्थ भेटिएको थियो ।

तत्पश्चात मगरलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

सम्बन्धित् समाचार