गृहपृष्ठ Featured सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यस दिन तेजाबी सुन तोलामा एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित् समाचार