बुद्धभूमि, वैखरी अनलाईन ।
नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान अहिले देशभर जारी छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेसंगै यो अभियान सुरु भएको हो । सो अभियान अन्तर्गत बुद्धभूमि नगरपालिका- ५ वडा कमिटिले वडा स्तरमा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सासंद समेत रहेका एमालेका केन्द्रिय सदस्य भुमेश्वर ढकालले नेता कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । उनले पार्टी सुदृढीकरण तथा विस्तारका लागि सुरु भएको मिसन ग्रास रुट अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपुर्ण सावित हुने दाबी गरे ।
उनले नेता कार्यकर्तालाई अभियानलाई प्रभावकारी बनाउन जिम्मेवार भएर लाग्न आग्रह समेत गरे । उनले अबको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन सबै किसिमका शंका उपशंकाको मानसिकता त्यागेर अघि बढ्नु पर्नेमा जोड दिए ।
एमाले वडा कमिटी अध्यक्ष रोम बहादुर थापाले मुलुकमा एमालेको विकल्प नभएको बताए । उनले एमालेका निति तथा कार्यक्र राम्रो देखेर आम जनसमुदायमा आकर्षण बढेको बताए ।
उनले मिसन ग्रासरुट अभियानप्रति नेता कार्यकर्ताको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । उनले टोलटोलमा गएर कार्यकर्तालाई प्रशिक्षण दिने, कमिटीलाई पुनर्ताजगी गर्ने लगायतका निर्णय भएको जानकारी दिए ।

नगर कमिटी सदस्य मोतिलाल यादवको संचालनमा सम्पन्न उक्त कार्यक्रममा एमाले प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, प्रदेश सल्लाकार परिषद सदस्य भेषराज खनाल, प्रदेश सदस्य ठाकुर प्रसाद पोख्रेल, जिल्ला सल्लाकारकार परिषद सदस्य मुरलीधर घिमिरे, नगरकमिटि कार्यवाहक अध्यक्ष माधुराम खनालसहित १२० नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा वडा कमिटि उपाध्यक्ष नुरमहोम्मद गद्दिले स्वागत मन्तव्य राखेका थिए ।








