गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसमा नेविसंघबाट सभापतिमा निल कमल थारुको उम्मेदवारी

सिद्धार्थ क्याम्पसमा नेविसंघबाट सभापतिमा निल कमल थारुको उम्मेदवारी

वैखरी अनलाईन, बाणगंगा ।

सिद्धार्थ क्याम्पस बाणगंगामा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि नेपाल विधार्थी संघबाट निल कमल थारुले उम्मेदवारी दर्ता गराएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत शनिबार थारुले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै नेविसंघको तर्फबाट सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा मनोज न्यौपानेको उम्मेदवारी दर्ता भएको हो । यस्तै खुल्ला सदस्यहरुमा प्रदिप भट्टराई, अरुण थारु, सुदन पोख्रेल, निशा थारु, सुर्जना पौडेल, दिनेश भण्डारी र नर्मदा थारुको उम्मेदवारी दर्ता भएको छ ।

भोली उम्मेदवारको नामावलीमाथि दावी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

त्यस्तै, पर्सी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै चुनावी प्रचारप्रसारको बाटो खुल्नेछ । आगामी बिहीबार राती १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने जनाइएको छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

सम्बन्धित् समाचार