गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा अन्जित खनालको उम्मेदवारी दर्ता

सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा अन्जित खनालको उम्मेदवारी दर्ता

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

सिद्धार्थ क्याम्पस बाणगंगामा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि अनेरास्ववियुबाट अध्यक्षका लागी अन्जित खनालले उम्मेदवारी गराएका छन् ।

अनेरास्ववियुबाट सचिवमा पशुपति गिरी, कोषाध्यक्षमा अप्सरा थारूले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यहरुमा हरिप्रसाद थारू, शेषकान्त मरासिनी, लक्ष्मी खनाल, अर्चना आचार्य, सवित्रा पाण्डे, बालिका पाण्डे र विपना गैरेले उम्मेदवारी दिएका छन् ।

सिद्धार्थ क्याम्पसमा अनेरास्ववियु, अखिल छौठौं र अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।

भोली उम्मेदवारको नामावलीमाथि दावी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्यस्तै, पर्सी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै चुनावी प्रचारप्रसारको बाटो खुल्नेछ ।

आगामी बिहीबार राती १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने जनाइएको छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

सम्बन्धित् समाचार