गृहपृष्ठ Featured बुद्धभूमि- ४ मा दलित महिलाहरुलाई ३ दिने अचार बनाउने तालिम सम्पन्न

बुद्धभूमि- ४ मा दलित महिलाहरुलाई ३ दिने अचार बनाउने तालिम सम्पन्न

बुद्धभूमि, वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ मा दलित महिलाहरुलाई ३ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । उक्त तालिम वडाको आयोजना तथा निरा गृहणी समाजको सहजीकरणमा शनिबार सम्पन्न भएको हो । तालिममा दलित समुदायका ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

समाजमा पछाडि पारिएका दलित समुदायका महिलाहरुको सामाजिक, आर्थिक स्तर उकास्ने उद्देश्यले तालिम सम्पन्न गरिएको वडाध्यक्ष सुसिल कुमार चौधरीले बताए ।

उनले ३ दिने तालिममा सिकेका ज्ञान, सिपले आगामी दिनमा वडाले राखेको उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष चौधरीले सहभागिहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै आर्थिक आयआर्जनका लागी सक्रिय हुन आग्रह समेत गरे ।

दैनिक जीवनस्तर माथि उठाउन तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । वडाले आगामी दिनमा पनि वडावासीको आवश्यकताको पहिचान गरि यस्ता तालिम संचालन गर्दै जाने उनले प्रतिवद्धता जनाए ।

तालिममा सहभागिहरुले वडाले तालिममा सहभागि हुने अवसर दिएकोमा खुशी व्यक्त गर्दै अब व्यवसायिक रुपमा अचार बनाउने काम गर्ने बताएका छन् ।

सम्बन्धित् समाचार