गृहपृष्ठ Featured नवनिर्वाचित राष्ट्रपति पौडेललाई कपिलवस्तुका कांग्रेस नेताले भेटर दिए बधाई

नवनिर्वाचित राष्ट्रपति पौडेललाई कपिलवस्तुका कांग्रेस नेताले भेटर दिए बधाई

वैखरी अनलाईन, बाणगंगा ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई कपिलवस्तुका कांग्रेस नेताहरुले भेटेका छन् । आईतबार विहान उनीहरुले नवनिर्वाचित राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटमा राष्ट्रपति पौडेललाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिनिधिसभा सदस्य सुरेन्द्र राज आचार्य, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, बुद्धभूमि १ का वडाध्यक्ष अध्यक्ष तिलक वस्नेत, नेपाली कांग्रेस प्रदेश सदस्य अफताब आलम, नगर सभापति माधव दमासेसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

भेटका क्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले समग्र कपिलवस्तुका बारेमा चासो व्यक्त गरेको भेटमा सहभागि नेपाली कांग्रेस प्रदेश सदस्य अफताब आलमले बताए ।

सम्बन्धित् समाचार