वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा अध्ययनरत छात्रा अजय पाण्डेले एशियाली क्रस–कन्ट्री दौड खेलमा कांस्य पदक जित्न सफल भएका छन् । पाण्डे बाणगंगा नगरपालिका ९ निवासी हुन् । उनलाई अनेरास्ववियु बाणगंगा बहुमुखी क्याम्पस कमिटीले सम्मान पत्र प्रदान गरेको छ ।
आज आईतबार एक कार्यक्रमका बीच अनेरास्ववियुका पुर्व जिल्ला अध्यक्ष दयाराम पौडेल, जिल्ला नेता मदन पौडेल, विकास कुमार भट्टराई लगायतले उनलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
कमिटीले आगामी दिनमा पनि यस क्षेत्रको नामलाई विश्वभर चिनाउन सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएको जनाएको छ ।








