बाणगंगा, वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितमा आईतबार २ खेल सम्पन्न भएका छन् । जसमा वडा नम्बर १ र १० विजयी भएका छन् । वडा नम्बर १० र ७ बीच भएको पहिलो खेलमा वडा नम्बर दश ५–० गोल अन्तरले विजयी हुन सफल भयो ।
यस्तै वडा नम्बर १ र ८ बीच भएको दोस्रो खेलमा वडा नम्बर एक २–१ गोल अन्तरले विजयी भएको छ ।
भोलि सोमबार सेमिफाईनलका दुई खेल हुने नगर खेलकुद विकास समितिका संयोजक पदम सेनले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाईनल खेल वडा नम्बर २ र १० बीच हुने छ भने दोस्रो सेमिफाईनल खेल वडा नम्बर १ र ४ बीच हुने छ ।
भोलि विजयी हुने दुई वटा वडा चैत्र १ गते फाईनलमा चौथो मेयर कपको उपाधिका लागी भिडने छन् ।
मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ ।
यस्तै मेयर कपको सेमीफाईनलमा पुग्ने टिमले नगद रु.३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।








