गृहपृष्ठ Featured बुद्धभूमि- ४ मा ३ दिने उद्घोषण तालिम सुरु

बुद्धभूमि- ४ मा ३ दिने उद्घोषण तालिम सुरु

वैखरी अनलाईन, बुद्धभूमि ।

बुद्धभूमि नगरपालिका वडा नं. ४ मा किशोरकिशारी तथा युवालाई ३ दिने उद्घोषण तालिम सुरु भएको छ । उक्त तालिम वडाको आयोजना तथा वैखरी मिडिया प्रा.लि.को सहजीकरणमा आज मंगलबार देखि सुरु भएको हो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले हरेक व्यक्तिमा उद्घोषण कला आवश्यक रहेको बताए ।

उनले उद्घोषण कलाले नै व्यक्तिको व्यक्तित्व विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । समाजका हरेक क्षेत्रमा बोल्ने कला विना अघि बढ्न नसकिने बताउँदै उनले तालिम पश्चात सहभागिहरु असल उद्घोषक बन्नेमा आफु विश्वस्त रहेको बताए । उनले तालिममा सिकेका ज्ञान, सिपलाई निरन्तर अध्यास गर्दै अघि बढ्न सुझाव दिए ।

वडाध्यक्ष सुसिल कुमार चौधरीले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उर्तान सक्ने पर्ने बताए । उनले हरेक क्षेत्रमा नेतृत्व हासिल गर्न व्यक्तिमा बोल्ने कला अपरिहार्य हुने बताए ।

आफुले तालिममा सिकेका ज्ञानलाई घरपरिवारका अन्य सदस्यहरुलाई पनि सिकाउन उहाँले तालिममा सहभागि बालबालिकालाई आग्रह समेत गरे । वडाले समाजका हरेक क्षेत्रमा बसोबास गर्ने किशोर किशोरी तथा युवालाई समुचित ढङ्गबाट भाविष्यको लागी आवश्यक पर्ने ज्ञान सिप प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । वडावासीको सर्वाङ्गीण विकासका लाागी वडा सदैव प्रतिवद्ध रहेको उनको भनाई छ ।

आज तालिममा चेतन विष्टले प्रशिक्षण दिएका थिए । ३० जना किशोरकिशारी तथा युवाको सहभागिता रहेको तालिम चैत्र २ गतेसम्म चल्ने छ ।

वैखरी मिडिया प्रा.लि.का कार्यकारी सम्पादक सागर विकको संचालनमा सम्पन्न तालिमको उद्घाटन सत्र वडाध्यक्ष चौधरीको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृतको प्रमुख आतिथ्यता, नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सिता घिमिरेको विशिष्ट आतिथ्यता, वडा सचिव पुष्षा गैरे, वडा सदस्यहरु केशर बहादुर सेन, रुपा विक, धनमाया दर्लामी, नरहरी भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित् समाचार