गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने

लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने

प्रकाशित मिति:

दाङ। 

लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले  जनाएको छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने तय भएको छ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ।

यसअघि प्रदेश सभाको छैटौँ  बैठक गत फागुन १७ गते बसेको थियो।

सम्बन्धित् समाचार