गृहपृष्ठ Featured रियल मड्रिड क्वाटरफाइनलमा

रियल मड्रिड क्वाटरफाइनलमा

प्रकाशित मिति:

काठमाडौं ।

स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल समग्रमा ६-२ को जित निकालेको हो ।

लिभरपुलको मैदानमा पहिलो लेगमै ५-१ को अग्रता लिएको रियलका लागि दोस्रो लेगमा करिम बेन्जीमाले एक गोल गरे ।

घरेलु मैदान सान्टियागोल बर्नाबेउमा रियलका कप्तान बेज्मिमाले ७८ औं मिनेटमा गोल गरेका थिए ।

कीर्तिमानी १४ पटकको विजेता रियल १९औं पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस खेलसँगै रियलले च्याम्पियन्स लिगमा ३०० खेल समेत पूरा गरेको छ । रियल च्याम्पियन्स लिगमा ३०० खेल खेल्ने पहिलो क्लब बनेको छ ।

सम्बन्धित् समाचार