वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले शोक सभा सम्पन्न गरेको छ । संघले पुर्व सहकोषाध्यक्ष कृष्ण प्रसाद गैरेका बुवा स्व.छविलाल गैरेको स्मृतिमा शोक सभा गरेको हो । संघले स्व.छविलाल गैरेको ८५ औं बर्षमा भएको असमाहिक निधनले समग्र कपिलवस्तु उद्योग बाणिज्य संघ स्तब्ध भएको जनाएको छ ।
साथै संघले यस शोकको घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धौर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना समेत गरेको छ ।
सो शोक सभामा संघका वर्तमान, निवर्तमान पदाधिकारीहरुको सहभागिता रहेको थियो ।








