गृहपृष्ठ Featured गुल्मी अस्पतालमा जन्मदै बाङ्गो खुट्टो भएको बच्चाको सफल उपचार

गुल्मी अस्पतालमा जन्मदै बाङ्गो खुट्टो भएको बच्चाको सफल उपचार

प्रकाशित मिति:

गुल्मी ।

जन्मदै बाङ्गो खुट्टा भएको एक बच्चाको गुल्मी जिल्ला अस्पतलामा सफल उपचार भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाडागाउँ निवासी लक्ष्मण पाण्डेको ५ महिनाको बच्चाको सफल उपचार भएको हो ।

अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. प्रदीप शिवाकोटीले आफू गुल्ली जिल्लामा आएपछि यस्तो खालको बिरामी पहिलोपटक देखेको र सफल उपचार पनि गरेको बताए ।

पाण्डे परिवार बच्चाको उपचारको लागि काठमाडौं जाने तयारीमा थियो । एकपटक जिल्ला अस्पतालमा देखाउने निर्णय गरे । यसको उपचार जिल्लामै सम्भव हुने डा. शिवाकोटीले बताए । उनले सुरुमा व्यायाम र प्लास्टर राखेर उपचार थाले । तर सामान्य बच्चाको जस्तो खुट्टा नभएपछि अपरेसन गरेको डा. शिवाकोटीले बताए ।  ‘पाँचवटा प्लास्टर लगाउँदा पनि खुट्टा नर्मल बच्चाको जस्तो नभएपछि अपरेसन गरियो,’ डा. शिवाकोटीले भने, ‘बच्चाको बाङ्गो खुट्टो अहिले सामान्य बच्चाको जस्तो ठिक भएको छ ।’

काठमाडौंबाट उपलब्ध हुने सेवा पाउँदा जिल्लामै पाउँदा अत्यन्तै खुसी भएको बच्चाका बुबा लक्ष्मण पाण्डेले बताए ।

सम्बन्धित् समाचार