रुपन्देही ।
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति रुपन्देहीले कृषि क्षेत्रमा अनुदान कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।
शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै सरकारले गरेको यो निर्णयले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेको भन्दै महासंघले निर्णय फिर्ता लिन माग गरेको हो ।
‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा उनीहरुलाई थप मारमा पर्ने गरी आएको सरकारको यसप्रकारको गैरजिम्मेवार निर्णयप्रति अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दै घोर भ्रत्सना गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ ।