कपिलवस्तु ।
जिल्लाकै ठूलो क्याम्पसका रुपमा रहेको सिद्धार्थ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु हुदैं छ । ७ बजेबाट मतगणना कार्य सुरु हुने भएको हो । केही बेर अघि मात्र सर्वदलीय बैठक सकारात्मक तवरले सम्पन्न भएको छ ।
आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म शान्तिूर्ण रुपमा भएको थियो ।
जहाँ ८ सय ४६ जना मतदाताले मत खसालेका थिए । क्याम्पसमा कुल ११ सय ७३ मतदाता थिए ।
निर्वाचन समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ‘क’ बुथमा ३२२ महिला र १११ पुरुषले मत खसेको छ भने ‘ख’ बुथमा ९० जना पुरुष र ३२३ महिलाले मत खसालेका हुन् ।








