गृहपृष्ठ Featured स्ववियु निर्वाचन : सिद्धार्थ क्याम्पसमा मतगणना सुरु

स्ववियु निर्वाचन : सिद्धार्थ क्याम्पसमा मतगणना सुरु

वैखरी अनलाईन, बाणगंगा ।

सिद्धार्थ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु भएको छ । केही अघिबाट मात्र मतगणना कार्य सुरु हुने भएको हो । मतगणना गर्नु अगाडि सर्वदलीय बैठक सकारात्मक तवरले सम्पन्न भएको थियो ।

आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म शान्तिूर्ण रुपमा भएको थियो ।

जहाँ ८ सय ४६ जना मतदाताले मत खसालेका थिए । क्याम्पसमा कुल ११ सय ७३ मतदाता थिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ‘क’ बुथमा ३२२ महिला र १११ पुरुषले मत खसेको छ भने ‘ख’ बुथमा ९० जना पुरुष र ३२३ महिलाले मत खसालेका हुन् ।

सम्बन्धित् समाचार