वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार सभापतिमा विजयी भएका छन् । स्ववियु चुनावको परिणाम अनुसार सभापतिमा निल कमल थारु विजयी भएका हुन् । उनले ३७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका अंजित खनालले ३४२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा अनेरास्ववियुका पशुपति गिरी, कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने निर्वाचित भएका छन् । यस क्याम्पसमा कुल ११ सय ७३ मतदाता रहे पनि ८ सय ४६ मत खसेको थियो ।
यस्तो छ मत परिणाम :









