गृहपृष्ठ Featured सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

उक्त सुन आइतबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । उक्त चाँदी आज तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार