गृहपृष्ठ Featured धुर्मुस भन्छन्– ‘डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको छु’

धुर्मुस भन्छन्– ‘डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको छु’

काठमाडौं ।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका अभियान्ता तथा धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले रंगशालाको काम अघि बढ्न नसक्दा आफूले ‘डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको’ बताएका छन् ।

“>धुर्मुस–सुन्तली फाउन्डेसनको फेसबुक पेजमा राखिएको भिडियोमा उनले मानसिक यातना भोगिरहेको बताएका छन् ।

“म मानसिक यातना भोगिरहेको छु । विगत डेढ वर्षदेखि । डिप्रेसिभ छु । आज क्रिकेटले जुन सफलता हासिल गरेको छु । जुन उचाइमा पुगेको छ । एक चोटी महसुस गरौं । एउटा रंगशाला आवश्यक रहेछ की रहेनछ ? एउटा स्तरीय रंगशाला नहुँदा नहुँदै नेपाली खेलाडीले शीर उचो बनाएका छन् । ती खेलाडीले खेल्ने एउटा रंगशाला बनाउनु के अपराध थियो । के हामीले पाप गरेका थियौं ?,” कट्टेलले भने ।

कट्टेलले आफूहरु रंगशाला छोडेर कतै भागेको नभइ रंगशाला कुरेर बसिरहेको बताए ।

“किन धुर्मुस सुन्तलीले हिसाब सार्वजनिक गरेनन् । किन भागेर हिडिरहेका छन् । हामी लुकेर कहाँ हिडेका छौँ ? भागेका कहाँ गएका कहाँ छौं ? अहिले पनि रंगशाला रुगेर हामी नै बसेका छौं । छोडेका छैनौं । यो परियोजनाको कसैले स्वामित्व लिएको छैन । फिल्डमा पनि हामी नै कुरेर बसिरहेका छौँ,” उनले भिडियोमा भनेका छन् ।

कट्टेलले २०७५ सालमा अपुग रकम राज्यले हाल्ने प्रतिबद्धतासहित रंगशालाको काम अघि बढे पनि अहिले सरकार रंगशाला धुर्मुसको मात्रै हो भन्ने वातावरण सिर्जना गरेको बताए ।

सम्बन्धित् समाचार