गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीलाई नदिने कांग्रेसको निर्णय

लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीलाई नदिने कांग्रेसको निर्णय

प्रकाशित मिति:

बुटवल ।

राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा परिवर्तन भएको राजनीतिक समीकरणअनुसार लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको तयारी छ । जसका लागि वर्तमान सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै छलफल थालेका छन् ।

कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो ।

शुक्रबारको बैठकले पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउने निर्णय गरेको काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले जानकारी दिइन् । लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो ठूलो दल हो ।

सम्बन्धित् समाचार