गृहपृष्ठ Featured कोहलपुर गोल्डकपमा आयोजक र रेफ्रीबीच सेटिङ्ग, चौतर्फी विरोध

कोहलपुर गोल्डकपमा आयोजक र रेफ्रीबीच सेटिङ्ग, चौतर्फी विरोध

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाँकेको कोहलपुरमा जारी प्रथम कोहलपुर गोल्डकप–२०७९ सम्पन्न हुने अन्तिम चरणमा छ । यही चैत ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता प्रतियोगिताको भोलि फाईनल छ । तर यतिवेला सामाजिक संजाल तातेको छ । प्रतियोगिताको उद्घाटन दिनमा आयोजक कोहलपुर रेसिङ सहारा क्लब र कपिलवस्तु ११ बीच भएको खेल अहिले विवादको घेरामा छ । यी दुई टिमहरुको बीचको खेल संचालनका क्रममा रेफ्रीले एकतर्फी निर्णय गरेको भन्दै सामाजिक संजालमा व्यापक विरोध भईरहेको छ ।

आयोजक विरुद्धको खेलमा कपिलवस्तु ११ ले पहिलो गोल गर्दा रेफ्रीले अफसाईड दिएको थियो । यद्यपि उक्त गोल गर्ने क्रममा खेलाडी अफसाईड नभएको कपिलवस्तु ११ का खेलाडीको दाबीसंगै अन्य दर्शकले समेत बताएका थिए । त्यसको केही समयपछि फाउल भएको भन्दै कपिलवस्तु ११ विरुद्ध रेफ्रीले पेनाल्टी दियो । जसको व्यापक विरोध भयो र कपिलवस्तु ११ ले खेल बीचमा नै छाडेर हिड्यो । ११ औं मिनेटबाटै सुरु भएको विवाद २० औं मिनेट थप चर्कियो र खेल अघि बढ्न सकेन् ।

उक्त खेल र विवाद हुदै गर्दाकोे भिडियोको सामाजिक संजालमा आलोचना भईरहेको छ । आयोजकसंग मिलेर रेफ्रिले एकतर्फ खेल खेलाएको कपिलवस्तु ११ का खेलाडीले बताएका छन् । यत्तिमात्र होईन्, सो क्षेत्रका स्थानीय तथा सहयोगीले पनि आयोजकसंगको मिलेमतोमा रेफ्री परिचालित भई खेल खेलाएको आरोप लगाएका छन् ।

यता कपिलवस्तु ११ टिमका खेलाडीले खेलाडीसंगै कपिलवस्तु जिल्लाकै अपमान भएको भन्दै आगामी दिनमा कोहलपुर गोल्डकपमा सहभागी समेत नहुने र यस जिल्लाबाट कोही टिमलाई पनि नपठाउने घोषणा गरेका छन् ।

उक्त खेलमा सविन ढकाल, अम्मर घले, ज्ञान बहादुर मोक्तान र अमृत केसी रेफ्रीको भूमिकामा थिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदमा यस घटनाको उजुरी परेपछि थप अनुसन्धान अघि बढेको छ ।

यसरी भईरहेको छ सामाजिक संजालमा विरोध :

सम्बन्धित् समाचार