कपिलवस्तु ।
लायन्स क्लव अफ कपिलवस्तु २०२३-२४ का लागि नयाँ नेतृत्व चयन भएको छ । अर्घाखाँचीस्थित सितगंगा- १३ मा रहेको गुराँस जंगल रिसोर्टमा आयोजना भएको ७ औँ अधिवेशनबाट २०२२-२३ का प्रथम उपाध्यक्ष रहेका ओम प्रकाश घिमिरे २०२३-२४ का लागि अध्यक्षमा सर्वसहमत चयन भएका छन् ।
लायन्स क्लव अफ कपिलवस्तु को स्थापना काल देखि विभिन्न पदमा रही काम गर्दै आएका घिमिरे एक कुशल शिक्षाप्रेमी समेत हुन् । घिमिरृ वाणगंगामा रहेको बाल माध्यमिक विद्यालय बैरीया तथा वाणगंगा बहुमुखी क्याम्पस लौगाईमा कार्यरत रहेका छन् ।
यस्तै कार्यक्रम 325P रिजन १४ का जोन चियर पर्सन सुरेन्द्र घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो
l
आयोजित ७ औँ अधिवेशनका लागि क्लवका पुर्व अध्यक्ष धातानन्द भुसालको संयोजक रहने गरि क्लवका पुर्व अध्यक्षहरु सहितको निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेको थियो ।
आयोजित ७ औँ अधिवेशन २०२२-२३ का अध्यक्ष राम शुभागे थारुको अध्यक्षता, २०२२-२३ का प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य तथा २०२२-२३ का सचिव शान्त राज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।








