गृहपृष्ठ Featured एमाले अध्यक्ष ओली आज कपिलवस्तु आउँदै

एमाले अध्यक्ष ओली आज कपिलवस्तु आउँदै

वैखरी अनलाइन, बाणगंगा ।

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली कपिलवस्तु आउँदै छन् । ओली आज शनिबार दिउँसो ३ बजे जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माका अनुसार बाणगंगा- १ मा अवस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा उक्त कार्यक्रम हुदैंछ ।

कार्यक्रममा केन्द्रिय स्तरका नेतादेखि स्थानीय स्तरका नेताहरुको  सहभागिता रहने एमाले जिल्ला प्रचार तथा प्रचार प्रसार विभाग कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार