गृहपृष्ठ Featured बाणगंगा- २ मा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर : ५७३ जना लाभान्वित

बाणगंगा- २ मा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर : ५७३ जना लाभान्वित

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका वडा नम्बर २ मा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाको आयोजना तथा वडा नम्बर २ को सहकार्यमा उक्त शिविर आज शनिबार सम्पन्न भएको हो ।

उक्त शिविर बाणगंगा २ मा रहेको श्री पञ्च आधारभूत विद्यालय बैजलपुरमा भएको थियो । शिविरबाट ३५६ जना महिला र २१७ जना पुरुष गरि जम्मा ५७३ जना लाभान्वित भएका वडाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

बालबालिकादेखि वृद्धवृद्धासम्मले सेवा लिएको उक्त शिविरमा मुख्यतः ग्यास्ट्रिक, हाडजोर्नी, पिनाससम्बन्धि समस्या भएका आएका थिए । स्थानीय स्तरमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरि शिविर आयोजना गरिएको र सो शिविर फलदायी सावित भएको वडाध्यक्ष पौडेलले बताए ।

विभिन्न महंगो अस्पतालमा गएका औषधी उपचार गराउन नसक्नेलाई समस्याको जाँच गरि औषधी उपलब्ध गराईएकोृ उनले बताए । आगामी दिनमा पनि विभिन्न निकायसंग सहकार्य गर्दै अगाडी बढ्ने उनले प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित् समाचार