गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्री गिरीलाई राजीनामाको दबाब दिन कांग्रेसले गर्‍यो दाबी पेस

लुम्बिनीका मुख्यमन्त्री गिरीलाई राजीनामाको दबाब दिन कांग्रेसले गर्‍यो दाबी पेस

रूपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई राजीनामाको दबाब दिन कांग्रेसले आइतबार प्रदेश प्रमुखसमक्ष मुख्मन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले माओवादी केन्द्र, जनमत, जसपा, लोसपासहित आठ पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।

माओवादीसहितका सरकार समर्थित दलहरु आइतबारै समर्थन फिर्ता लिँदै मन्त्रीबाट हटेपछि चौधरीलाई मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए । ‘मुख्यमन्त्रीजीलाई हामीले राजीनामा दिनुहोस् भनेका छौं । उहाँले दिनुहुन्छ भन्नेमा विश्वस्त छौं । त्यसैले हामीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढाएका हौं,’ माओवादी लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका निवर्तमान मन्त्री सुदर्शन बरालले भने ।

संघीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । कांग्रेस संसदीय दलका नेता चौधरीले ५४ सांसदको समर्थन आफूसँग रहेको दाबी गर्दै मुख्यमन्त्री नियुक्त हुन निवेदन पेस गरेका हुन् ।

सम्बन्धित् समाचार