गृहपृष्ठ Featured विपक्षी गठबन्धनको मुख्यमन्त्री दाबी संविधान विपरीत : मुख्यमन्त्री गिरी

विपक्षी गठबन्धनको मुख्यमन्त्री दाबी संविधान विपरीत : मुख्यमन्त्री गिरी

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ८ दलीय विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि गरेको संविधान र कानुन विपरीत सत्ताकेन्द्रीत हतारो गरेको बताएका छन् ।

आइतबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधान अनुसार आफूले ३० दिनभित्र विश्वासको मत लिने हक रहेको तर विपक्षी गठबन्धनले संविधान र कानुनलाई बेवास्ता गरेर सत्ताका लागि हाम फालेको टिप्पणी गरे ।

राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक प्रक्रिया नै पूरा नगरी एकाएक आकर्षित नै नहुने संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री दाबी गरिएको गिरीले बताए ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए ।

सम्बन्धित् समाचार