बुटवल ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ कर्बलाडाँडामा एक व्यक्ति मृत फेला परेका छन् । कर्बलास्थित खेतमा ओमसतिया-२ का ६८ वर्षीय बलिराम केबट शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
केबटको शरीरमा नीलडाम छन् ।
केबटको मृत्युबारे अनुसन्धान भइरहेको भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।