गृहपृष्ठ Featured बाणगंगाको ओदारीबाट अबैध १ लाख बराबरको चिनी बरामद

बाणगंगाको ओदारीबाट अबैध १ लाख बराबरको चिनी बरामद

चेतन विष्ट, बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा बाट अबैध करिब १ लाख बराबरको चिनी बरामद गरिएको छ ।

बाणगंगा नगरपालिका ११ ओदारी बाट भंसार छली गरि ल्याएर वेबारिसे अवस्थामा सडक छेउमा राखिएको ४० बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ति टोलिले ९९ हजार १ सय ५० बराबरको उक्त अवैध चिनी फेला पारी आवश्यक कारबाहीको लागि सुठौली भंसार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार