कपिलवस्तु ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा पुनः रविन्द्र पौडेल निर्वाचित भएका छन् । संघको मंगलबार भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट पौडेल अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा झिमनारायण सापकोटा र महिला उपाध्यक्षमा सवित्री वली, उपाध्यक्षमा (पर्यटनतर्फ) यादव चुँदाली, उपाध्यक्षमा (होटलतर्फ) प्रविण आचार्य, महा–सचिवमा रोमलाल पौडेल, सचिवमा महादेव न्यौपाने, कोषाध्यक्षमा सरोजमणी पौडेल र सह–कोषाध्यक्षमा सुनिल गैरे निर्वाचित भएका छन् ।
सदस्यहरुमा नवराज पौडेल, शोभाखर पराजुली, दिपक बहादुर सुनार, रामचन्द्र केसी, गणेश कुमार जिसी, चिरञ्जीवी थापा, ज्ञानहरि न्यौपाने, त्रिवेणी थारु, दिपक आचार्य र पुरुषोत्तम घिमिरे चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले जिल्लाका सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहरु बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।








