गृहपृष्ठ Featured मेरो कार्यकालमा लुम्बिनीवासीले विकासको अनुभूति गर्छन् : नगरप्रमुख सजरुद्दिन मुसलमान

मेरो कार्यकालमा लुम्बिनीवासीले विकासको अनुभूति गर्छन् : नगरप्रमुख सजरुद्दिन मुसलमान

वैखरी अनलाईन, लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले आर्थिक बर्ष २०७९÷८० को योजनाहरु सम्पन्न गर्ने दिशातर्फ नगरपालिका अग्रसर रहेको बताएका छन् ।

नगरपालिकाले भौतिक पुर्वाधारको निर्माणसंगै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, सरसफाईको क्षेत्रमा योजनवद्ध रुपमा काम गरिरहेको दाबी गर्दै उनले भने, ‘यस आर्थिक बर्षको योजनाहरु अधिकांश सम्पन्न भईसकेका छन् । अन्य बाँकी योजनाहरु पुरा गर्न नगरपालिका अग्रसर छ ।’

नगरप्रमुख मुसलमानले जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध सुमधुर बनाई सेवाग्राहीलाई सहज वातारणमा सेवा दिन नगरपालिका प्रतिवद्ध रहेको उनले बताए । ‘नगरवासीको सन्तुष्टिको स्तर सन्तोषजनक होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसका लागी जनप्रतिनिधि र कर्मचारी एक भएर अघि बढिरहेका छौं ।’

यस क्षेत्रका नागरिक अधिकांश कृषिमा आबद्ध रहेकाले सिंचाईको समस्या समाधानका लागी प्रदेश सरकारदेखि केन्द्र सरकार समक्ष पहल गरिरहेको उनको भनाई छ ।

आफ्नो कार्यकालमा लुम्बिनीवासीले विकासको अनुभूति गर्ने उनले दाबी गरे । ‘नगरवासीको आवश्यकता, चाहना अनुरुपनै काम गर्नु जनप्रतिनिधिको दायित्व हो सोही अनुसार अघि बढिरहेका छौं,’ उनले भने, ‘नगरवासीले मेरो कार्यकालमा लुम्बिनीवासीले विकासको अनुभूति गर्छन् ।’

सम्बन्धित् समाचार