गृहपृष्ठ Featured बर्दियामा अवैध काठ बरामद

बर्दियामा अवैध काठ बरामद

बर्दिया ।

प्रहरीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका—८ आशापुरस्थित अरहर बारी र आँप बगैंचामा लुकाइराखेको काठ बरामद गरेको छ ।

बुधबार दिउँसो प्रहरीले सागुन जातको १५ थान गोलिया काठ बरामद गरेको जनाएको छ । निमित्त सूचना अधिकृत एवं प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाका अनुसार ४५ दशमलव ५७ क्युफिट काठ बरामद भएको हो ।

उक्त काठको मूल्य करिब ६८ हजार ३ सय ५५ रुपैयाँ रहेको प्रहरी निरीक्षक सापकोटाले जनाए ।

उक्त काठ भारतबाट लुकाइछिपाई ल्याएको आशंका प्रहरीको छ ।

सम्बन्धित् समाचार