गृहपृष्ठ Featured आईपीएल : वर्षाले प्रभावित खेलमा पञ्जाव विजयी

आईपीएल : वर्षाले प्रभावित खेलमा पञ्जाव विजयी

पञ्जाव किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार वर्षाले प्रभावित खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । कोलकाताको इनिङ्स १६ ओभरमा पुग्दा खेल वर्षाले विथोलिएको थियो र पञ्जाव डकवर्थ लेविस नियमअनुसार ७ रनले विजयी रह्यो ।

पहिले ब्याटिङ गरेको पञ्जावले ५ विकेटमा १ सय ९१ रन बनाएको थियो । त्यसमा भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए । यस्तै कप्तान शिखर धवनले २९ बलमा ४० रनको योगदान दिए ।

त्यसको जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । आन्द्रे रसेलले ३५ र वेन्कटेश अयरले ३४ रन बनाए ।

सम्बन्धित् समाचार