गृहपृष्ठ Featured बुटवल उपमहानगरपालिकाले दियो किसानलाई कृषि सामग्री

बुटवल उपमहानगरपालिकाले दियो किसानलाई कृषि सामग्री

तिलोत्तमा ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । बुटवल–१४ मा मकै खेती गर्दै आएका किसानलाई उपमहानगरपालिकाले सहुलियतमा कृषि सामग्री उपलब्ध गराएको हो ।

बुटवल–१४ मोतीगन्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई ती कृषि उपकरण तथा सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरको ५० र किसानको ५० प्रतिशत लागत सहभागितामा पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मल लगायत सामग्री प्रदान गरिएको हो ।
सो अवसरमा उपमहानगर प्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउन उपमहानगरपालिकाले काम गरिरहेको बताए । किसानलाई लाभ हुने गरी गरिने खेतीमा सहयोग गर्ने उल्लेख गर्दै पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्न बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

सम्बन्धित् समाचार