वैखरी अनलाईन, बाणगंगा ।
लायन्स क्लव अफ कपिलवस्तुद्धारा आयोजित लायन्स सदस्यहरुबीचको मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिताको उपाधि लायन्सद्धय गिरीराज कँडेल र भरत रानाको जोडिले हात पार्न सफल भएको छ । उक्त जाडि फाइनलमा लायनद्धय नवदत्त घिमिरे र बिकास न्यौपानेको जोडिलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा ओम प्रकाश घिमिरे र सन्दिप भट्टराईको जोडिले तृतीय स्थान हात पारेको मिडिया संयोजकले नवराज बेल्वासेले जानकारी दिएका छन् ।

बिजेताहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ ।
लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष तथा ३२५ पि का डिस्टिक सेके्रटरी कृष्ण के।सीले खेलकुलले मित्रताको भावना अझै प्रगाढ बनाउने बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिता गर्दै जान आग्रह गरे ।
लायन्स क्लव अफ कपिलवस्तु २०२२/२३ का अध्यक्ष रामशुभागे थारुको अध्यक्षता, प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य, लायन विकास न्यौपानेको कार्यक्रम संयोजत्व तथा सचिव शान्तराज गैरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा व्याडमिन्टन खेलाडी रमेश ग्यालेनले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।
लायन्स क्लव अफ कपिलवस्तुले बार्षिक कार्यक्रम अन्तगर्त प्रत्येक वर्ष लायन्स अन्तर व्याडमिन्टन प्रतियोगिता गर्दै आएको छ ।








