गृहपृष्ठ Featured लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा चुहियो पानी

लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा चुहियो पानी

प्रकाशित मिति:

बुटवल ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहलमा पानी चुहिएको छ ।

चैत १७ गते परेकोे वर्षाको पानी सभाहलको छानोबाट चुहिएको हो ।

लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/बाबुल जे.भि. लाई वर्षाको पानी छानोबाट चुहिएका देखिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ ।

साथै लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम विल भुक्तानी रोका गरिने जनाएको छ ।

सम्बन्धित् समाचार