गृहपृष्ठ Featured दुई सन्तानसहित श्रीमति बेपत्ता भएपछि मनोजले गरे खोजी दिन आग्रह

दुई सन्तानसहित श्रीमति बेपत्ता भएपछि मनोजले गरे खोजी दिन आग्रह

वैखरी अनलाईन, बाणगंगा ।

स्याङ्जामा स्थायी भई हाल काठमाडौको चक्रपथस्थित चप्पल कारखाना नजिकै बस्दै आएकी अमृता गिरी दुई सन्तानसहित बेपत्ता भएकी छिन् ।
२४ वर्षिय अमृता २ बर्षिय छोरा अमन र ७ वर्षीया छोरी खुसीलाई लिएर चैत्र १२ गतेदेखि बेपत्ता भएकी हुन् ।

२०७२ सालमा स्याङ्जाको ज्यग्दीका मनोजसग विवाह गरेपछि उनीहरु काठमाडौमा दुध डेरी सञ्चालन गर्दै बस्दै आएका थिए । उनका श्रीमानले घरमा कुनै किसिमको झैझगडा नभई श्रीमति अमृता छोरोछोरीलाई लिएर बेपत्ता भएको बताए ।

उनलाई कसैले कहिँ कतै देखे नजिकका प्रहरी कार्यालय तथा निम्न नम्बरमा सम्पर्क गर्न पनि परिवारजनले अनुरोध गरेका छन ।

मनोज गिरी : ९८०३७०५९०३ र ९८४६३४१८८७

 

सम्बन्धित् समाचार