काठमाडौं ।
भारतमा रोजगारी गरी नेपाल फर्कने नेपालीहरूलाई कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाइ गरिएको छ ।
बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई संक्रमण देखिएको हो । नेपाल फर्कनेहरूमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिइन् ।
उनले नेपाल फर्कने नेपालीहरूको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँगै परीक्षणको दायरा पनि बढाएको बताइन् । उनले जमुनाहा नाकाबाट दैनिक करिब डेढ सयदेखि २०० जनाको जाँच हुने गरेको बताइन् । साहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताइन् ।








