गृहपृष्ठ Featured आईपीएलमा गुजरातको लगातार दोस्रो जित

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

प्रकाशित मिति:

इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार सम्पन्न खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो । लिगमा दिल्लीको भने यो लगातार दोस्रो हार हो ।

अरुण जेट्ली रंगशाला दिल्लीमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको १६३ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

गुजरातको जितमा साइ सुदर्शनले अविजित ६२ रन बनाए । साइले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गरे । डेभिड मिलरले ३१, विजय शंकरले २९ रन जोड्दा रिद्दिमान साह र सुभमन गिलले समान १४ रन थपे ।

दिल्लीका एन्रिच नोर्जेले दुई विकेट लिए । खलिल अहमेद र मिचेल मार्सले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो ।

दिल्लीका कप्तान डेविड वार्नरले ३७ रन बनाए । अक्षर पटेलले ३६, सर्फराज खानले ३० र अभिषेक पोरलले २० रन जोडे ।गुजरातका मोहम्मद सामी र राशिद खानले समान तीन विकेट लिए । अल्जारी जोसेफले दुई विकेट हात पारे ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहिन दिल्ली तालिकाको आठौं स्थानमा छ ।

सम्बन्धित् समाचार