गृहपृष्ठ Featured दोस्रो पटक न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रचण्ड नेतृत्वको सरकार

दोस्रो पटक न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रचण्ड नेतृत्वको सरकार

प्रकाशित मिति:

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गर्ने दोस्रो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। एमाले नेतृत्वको गठबन्धन हुँदा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको सरकारले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन गरेपछि पुन : न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

१० दलीय गठबन्धन दलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि सार्वजनिक हुनेछ। गठबन्धनको बैठकपश्चात आज नै सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको माओवादीका एक पदाधिकारीले जानकारी दिए। कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एसका विजय पौडेलसहितको कार्यदलले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । दलहरुबीच सहमति नहुँदा साझा कार्यक्रम सार्वजनिक हुन ढिलाई भइरहेको छ।

सरकारले अहिले विवादमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ कार्यक्रममा समावेश गरेका छन्। गठबन्धनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका काम दुई वर्षभित्र पूरा गर्ने प्रतिवद्धता लिएको छ। त्यसका लागि द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूर्णको व्यवस्था गर्ने नीति सरकारको छ।

सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिको कार्यान्वयन गर्ने नीतिसमेत साझा न्युनतम कार्यक्रममा समावेश गरेको छ।

संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशिघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउने साझा न्युनतम कार्यक्रममा उल्लेख छ।

सम्बन्धित् समाचार