गृहपृष्ठ Featured पाल्पाको निस्दी खोलामा डुबेर सात वर्षीया बालिकाको मृत्यु

पाल्पाको निस्दी खोलामा डुबेर सात वर्षीया बालिकाको मृत्यु

पाल्पा ।

पाल्पाको निस्दी खोलामा डुबेर सात वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार निस्दी गाउँपालिका–३, झिरुवास घर भई निस्दी गाउँपालिका–५, गल्धा बस्ने सात वर्षीया उस्मी सोती मगरको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

गल्धाको ढुंगानाबेसीमा डेरा गरी बस्ने बेदबहादुरको छोरी उस्मिी साथीहरुसँग शुक्रबार बेलुकी पौडी खेल्न निस्दी खोलामा गएका बेला डुबेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित् समाचार