गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्री गिरीले भने- भीर काटेर ढुंगा गिट्टी र काठ बेचौं

लुम्बिनीका मुख्यमन्त्री गिरीले भने- भीर काटेर ढुंगा गिट्टी र काठ बेचौं

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको व्यापार घाटा कम गर्न नेपालका ढुंगे भीर काटेर ढुंगा तथा नदीबाट गिट्टी बालुवा र वनबाट काठ बेच्नुपर्ने बताएका छन् ।

पहाडका ढुंगे भीरहरु सयौं वर्षदेखि उपयोगबिहीन भएर बसेका भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता भीर र पहाड काटेर ढुंगा बेच्न सके खरबौं आम्दानी गर्न सकिने बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी संघको साधारण सभा उदघाटन गर्दै उनले आफ्नो मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी निर्यात गर्नसके व्यापार घाटा कम हुने र यातायात व्यवसायीले पनि काम पनि पाउने औंल्याए ।

‘मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी नबेचे के बेचेर आम्दानी गर्ने त ?’, मुख्यमन्त्री गिरीले प्रश्न गरे ।

सम्बन्धित् समाचार