कपिलवस्तु ।
जिल्लाको बाणगंगा नगरापालिका- ४ तिनकुनेमा बलेरोको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
शनिबार साँझ करिब ६ बजे भएको उक्त दुर्घटनामा परी बाणगंगा ३ का ३६ बर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागी तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








