गृहपृष्ठ Featured उत्तरी बुर्किना फासोमा भएका दुई आक्रमणमा परी ४४ जनाको मृत्यु

उत्तरी बुर्किना फासोमा भएका दुई आक्रमणमा परी ४४ जनाको मृत्यु

उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी ४४ जनाको मृत्यु भएको छ । एक अधिकारीले यी मृत्युको पुष्टि गरेको खबर बीबीसीमा छ।

हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएका थिए। कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ। अधिकारीहरूले यसको लागि ‘सशस्त्र आतंकवादी समूह’ लाई दोष दिएका छन्।

चरमपन्थी संगठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन्। सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले भने ‘घृणित र बर्बर आक्रमण’को लागि जिम्मेवार आक्रमणकारीलाई निष्पक्ष पारिएको छ।

यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन । लेफ्टिनेन्ट गभर्नरले क्षेत्रमा स्थायित्व ल्याउन प्रयास भइरहेको बताए ।

गाउँका एक बासिन्दाले भने, ‘धेरै संख्यामा आतंककारी गाउँमा प्रवेश गरे र रातभर गोली चल्यो।’ उनले भने, ‘शुक्रबार बिहान हामीले धेरै मानिसको मृत्यु भएको देख्यौं।’

यी आक्रमणहरू केही दिन अघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि भएको भनिएको छ। -बीबीसी

सम्बन्धित् समाचार